काठमाडौं । काठमाडौंमा सञ्चालित निजी होस्टेलहरूमा अनुशासन र सुरक्षासम्बन्धी समस्याहरू देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले २१ बुँदे कडा निर्देशन जारी गरेको छ। प्रशासनले होस्टेलहरूको नियमित तथा आकस्मिक अनुगमन तीव्र पारेको छ भने नियम उल्लङ्घन गर्ने र गुनासो आएका केही होस्टेलहरूलाई ३ लाखसम्म जरिवानासहित शिलबन्दी गर्नेसम्मको कारबाही गरिएको जनाएको छ।
होस्टेलमा विद्यार्थीलाई मानवीय व्यवहार नभएको र यातनासमेत दिने गरेको छ, लाग्ने शुल्कभन्दा बढी असुलउपर गर्ने गरेको, कमजोर खालका पूर्वाधार, सरसफाइमा बेवास्ता, स्वच्छता मापदण्ड पूरा नगरेको, सुरक्षा व्यवस्था कमजोर रहेको गुनासो आएपछि यो निर्देशन जारी गरिएको प्रशासनले जनाएको छ। यो निर्देशनमा उल्लेख भएका व्यवस्था एक महिनाभित्र पूरा गर्न पनि प्रशासनले होस्टेलहरुलाई समयसीमा दिएको छ।






.gif)





