images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • दुर्गम कैलाशका नागरिकलाई विशेषज्ञ उपचारमा सहुलियत,...

दुर्गम कैलाशका नागरिकलाई विशेषज्ञ उपचारमा सहुलियत, सीएमसीसँग गाउँपालिकाको सम्झौता

दुर्गम कैलाशका नागरिकलाई विशेषज्ञ उपचारमा सहुलियत, सीएमसीसँग गाउँपालिकाको सम्झौता

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • हेटौँडा । मकवानपुरको विकट क्षेत्रका रूपमा रहेको कैलाश गाउँपालिकाका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र हेटौँडास्थित सीएमसी हस्पिटलबिच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सीएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा.आकेश प्रजापतिले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै गाउँपालिकाका नागरिकहरूले हस्पिटलबाट उपलब्ध हुने विभिन्न विशेषज्ञ स्वास्थ्य उपचार सेवामा विशेष सहजीकरण र सहुलियत प्राप्त गर्नेछन् । गाउँपालिकाका अध्यक्ष मुक्तानले दुर्गम क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यो सम्झौता गरिएको जानकारी दिए । 

    images
    images

    उनले भने,  ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । विशेषगरी चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न र गुणस्तरीय सेवाको पहुँचमा ल्याउन गाउँपालिकाले प्राथमिकता दिएको छ ।’गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विकास अन्तर्गत हाल आफ्नै १० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । नागरिकले गाउँपालिकाद्वारा जारी गरिएको परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र पेस गरेर सीएमसी हस्पिटलबाट स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । यसैबिच, गाउँपालिकाको आयोजना तथा सीएमसी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    शिविरमा बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, र अर्थोपेडिक तथा ट्रमा सर्जरी विशेषज्ञहरूले सेवा प्रदान गरेका थिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार उक्त शिविरबाट ३ सय ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् । अध्यक्ष मुक्तानले शिविरमा सहभागी नागरिकहरूलाई थप उपचार आवश्यक परेमा गाउँपालिकामै सञ्चालित अस्पतालबाट सेवा लिनसमेत आग्रह गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend