images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली...

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली निर्वाचित

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली निर्वाचित

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • नेपालगन्ज, भदौ ७ गते ।नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहान सकिएसँगै अध्यक्षमा चिरञ्जीवी ओली फराकिलो मतान्तरले विजयी हुनुभएको छ।निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीका अनुसार ओलीले एक हजार ३८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गर्नुभयो।त्यसैगरी, महिला उपाध्यक्षमा रुपा ओझा (सानु) एक हजार १६६ मतसहित विजयी हुनुभयो। उहाँकी निकटतम प्रतिद्वन्द्वी उमा ग्रान्डनले ५०३ मत प्राप्त गर्नुभयो।

    images
    images

    निर्वाचनको अन्तिम नतिजाअनुसार महासचिवमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिद्वन्द्वी दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गर्नुभयो।उपमहासचिवमा प्रदीप आचार्य ८६४ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गर्नुभयो।त्यसैगरी, कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१७ मतसहित विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र नारायणप्रसाईंले १८३ मत प्राप्त गर्नुभयो।दस जना कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल (१,४५६), तोपबहादुर थापा (१,३५०), नन्दराम जैसी (१,३४९०), शरदराज अधिकारी (१,३४५), नगेन्द्र शाही (१,२८६), आदित्य गुप्ता (१,२४०), जहाँगिर मुसलमान (१,१५२), शरदप्रसाद रिजाल (१,१२८), सुरजबहादुर भण्डारी ९१,१२६० र अतुलकुमार गुप्ता (१,१२३) विजयी हुनुभएको छ।निर्वाचनअघि नै उद्योगतर्फ र वाणिज्यतर्फको उपाध्यक्षमा क्रमशः कमलकुमार कार्की र विष्णुप्रसाद श्रेष्ठ, एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्विरोध निर्वाचित भइसक्नुभएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend