हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै भदौ ७ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको हो ।
भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सभाको आठौँ अधिवेशनको १८ औँ बैठकका लागि प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आइतबार दिनको १ बजेको समय निर्धारण गरेका हुन् ।उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस हुने उनको भनाइ छ ।





.gif)





