images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • दुबई बजारमा डीडीसीको घिउ, पहिलो खेपमा...

दुबई बजारमा डीडीसीको घिउ, पहिलो खेपमा ६ सय किलो पठाइँदै

दुबई बजारमा डीडीसीको घिउ, पहिलो खेपमा ६ सय किलो पठाइँदै

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ। नेपाली दुग्धजन्य उत्पादनको विदेशी बजार विस्तार गर्ने क्रममा दुग्ध विकास संस्थान (डीडीसी) को घिउ दुबई निर्यात हुन लागेको छ। डीडीसीको घिउ पहिलोपटक ६ सय किलोको परिमाणमा दुबई पठाउने तयारी गरिएको हो।डीडीसी र रातो र चन्द्र–सूर्य इन्टरनेसनल कम्पनीबीच भएको सम्झौताअनुसार दुबईमा घिउ निर्यात गर्न लागिएको हो। सम्झौतामा वार्षिक न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्ने लक्ष्य राखिएको छ।

    images
    images

    पहिलो चरणमा पठाउन लागिएको घिउ दुबईमा सञ्चालन हुन लागेको मातृभूमि जनरल ट्रेडिङ एलएलसीको डिपार्टमेन्ट स्टोरमा बिक्रीका लागि राखिने कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए। पहिलो खेपबाट उपभोक्ताको प्रतिक्रिया लिएपछि मागअनुसार थप घिउ पठाइने उनको भनाइ छ।निर्यातका लागि डीडीसीको प्रयोगशाला परीक्षणपछि खाद्य तथा गुण नियन्त्रण विभागबाट ‘हेल्थ सर्टिफिकेट’ लिइएको छ। दुबई पुगेपछि त्यहाँका सम्बन्धित निकायले पनि घिउको गुणस्तर परीक्षण गर्नेछन्।बोतल तथा जारमा प्याक गरिएको घिउको म्याद एक वर्षसम्म रहने बताइएको छ। कम्पनीले आगामी दिनमा डीडीसीको घिउसँगै नेपाली याक चिजलाई समेत दुबई बजारमा पुर्‍याउने तयारी गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend