images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रौतहटमा १३ फरार प्रतिवादी पक्राउ, ५...

रौतहटमा १३ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद बाँकी

रौतहटमा १३ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद बाँकी

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • रौतहट । रौतहट प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा पेश गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा विद्युतीय अपराध, लागूऔषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहसम्बन्धी मुद्दाका प्रतिवादी छन्।

    images
    images

    पक्राउ परेका १३ जनामाथि अदालतको फैसलाअनुसार कुल ५ वर्ष ३ महिना २३ दिन कैद तथा १ लाख १८ हजार रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार विद्युतीय अपराध मुद्दामा २ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, लागूऔषध मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद तथा ९० हजार रुपैयाँ जरिवाना र बिगो मुद्दामा २ वर्ष कैद सजाय तोकिएको थियो।त्यस्तै, चोरीसम्बन्धी कसुरमा १ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, अभद्र व्यवहारमा २ महिना तथा बहुविवाह मुद्दामा १ वर्ष २ दिन कैद सजाय अदालतले सुनाएको थियो।

    कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा भने अदालतको फैसलाअनुसार विभिन्न रकम जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।रौतहट प्रहरीले अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend