images

२०८३ आश्विन १६ गते

images
images
images

१८४ उडान,एकैदिन लुक्लामा चार सय विदेशी पर्यटक भित्रिए

१८४ उडान,एकैदिन लुक्लामा चार सय विदेशी पर्यटक भित्रिए

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । 

    images
    images

    कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै  आज हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् । जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२÷१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए । आज हवाई सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी र एक सय ३६ जना नेपाली गरी कूल पाँच सय ३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए । 

    उनका अनुसार उक्त सङ्ख्यामा पर्यटक भित्रिँदा तीन सय ३६ जना विदेशी र एक सय २६ जना नेपाली गरी कूल चार सय ६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन् । नाम्चेबाट आज चार सय ७५ जना विदेशी पर्यटक उकालो लाग्दा तीन सय तीन विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्याङ्क छ । 

    images
    images

    “सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम सुरु भएकाले फर्किनेक्रम पनि त्यतिकै रहेको छ”, सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने । 

    चिसो सुरु भए सँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ । मङ्सिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिने सँगै बाहिरिनेको सङ्ख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend