images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • एक वर्षभित्र एक करोड युवालाई एआई...

एक वर्षभित्र एक करोड युवालाई एआई सीप तालिम दिने मोदीको घोषणा

एक वर्षभित्र एक करोड युवालाई एआई सीप तालिम दिने मोदीको घोषणा

images
images
शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी एक वर्षभित्र देशका एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप तालिम प्रदान गर्ने घोषणा गरेका छन्।

    images
    images

    भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीस्थित लालकिलाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘विकसित भारत’ निर्माणको लक्ष्य हासिल गर्न युवा शक्तिको भूमिका निर्णायक हुने बताए।

    सम्बोधनका क्रममा उनले प्रविधिको क्षेत्रमा भइरहेको तीव्र विकाससँगै भारतले आफ्ना युवालाई नयाँ पुस्ताका सीपबाट सक्षम बनाउनुपर्नेमा जोड दिए। उनले आगामी एक वर्षमा एक करोड युवालाई एआई सीपसम्बन्धी तालिम दिने सरकारको संकल्प रहेको बताए।

    images
    images

    मोदीले एआईको क्षेत्रमा भारतीय युवाले विश्वको नेतृत्व गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यसहित यो अभियान अघि बढाइने उल्लेख गरे। उनका अनुसार भारतलाई प्रविधिको क्षेत्रमा विश्वकै नेतृत्वदायी भूमिकामा पुर्‍याउन युवा जनशक्तिको सीप विकास महत्वपूर्ण हुनेछ।

    प्रधानमन्त्री मोदीले ‘विकसित भारत’को यात्रामा युवालाई मुख्य शक्तिका रूपमा प्रस्तुत गर्दै शिक्षा, सीप, प्रविधि र रोजगारीका अवसर विस्तारमा सरकारको प्राथमिकता रहने बताए।

    स्वतन्त्रता दिवस सम्बोधनकै क्रममा मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ उपलब्ध गराउने योजनासमेत घोषणा गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend