images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • म्याद गुज्रिएका सिलिण्डरमा पुनः सिल लगाएर...

म्याद गुज्रिएका सिलिण्डरमा पुनः सिल लगाएर बिक्री गर्न खोज्ने ग्यास उद्योगलाई २ लाख ९५ हजार जरिबाना

म्याद गुज्रिएका सिलिण्डरमा पुनः सिल लगाएर बिक्री गर्न खोज्ने ग्यास उद्योगलाई २ लाख ९५ हजार जरिबाना

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • विराटनगर। जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरेको छ।जिल्ला प्रशासन कार्यालय, मोरङकाे नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका प्रतिनिधिहरू सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा गाउँपालिका वडा नं. ५ मा सञ्चालित रिजालको भान्छा ग्यास उद्योग प्रालिको अनुगमन गरेको थियो। 

    images
    images

    उद्योगको परिसरमा रहेका १९ वटा सिलिण्डरहरूमध्ये ११ वटाको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा २४० ग्राम कम तौल भेटिएको थियो। साथै, सिलिण्डरमा तोकिएको मापदण्ड विपरीत म्याद गुज्रिएका दुई वटा ग्यास सिलिण्डरमा समेत सिल लगाई बिक्री गर्न तयारी अवस्थामा राखेको पाइएको थियो।अत्यावश्यक सेवा अन्तर्गत रहेको उक्त ग्यास उद्योगले कानुन विपरीत सुरक्षा संवेदनशीलतामा खेलबाड गरेको ठहर गर्दै उद्योगलाई तत्काल २ लाख ९५ हजार रुपैयाँ जरिबाना गर्नुका साथै दुई वटा सिलिण्डरको सिल तोडी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङले जनाएको छ।

    यसैबिच टाेलीले विराटनगर महानगरपालिका वडा नं. ३ स्थित कन्चनश्वर ग्यास पसलमा अनुगमन गरेको थियो। सो क्रममा अनुगमन कार्यमा असहयोग गरेको भन्दै उक्त पसललाई १५ हजार रुपैयाँ जरिबाना गरिएको छ।यसअघि काेशी ग्यास उद्योगलाई पनि जिल्ला प्रशासन कार्यालय मोरङले कम ताैलका सिलिन्डर विक्री गर्ने गरेकाे भन्दै २ लाख ९० हजार रूपैयाँ जरिमाना गरेकाे थियाे ।

    images
    images

    p

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend