images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा...

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ, २९ साउन। परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन्।

    images
    images

    नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बिहीबार काठमाडौँमा सम्बोधन गर्दै सचिव राईले दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक सम्मान, समानता र सहकार्यमा आधारित रहेको बताएका छन्।

    उनले सात दशकको अवधिमा नेपाल–चीन सम्बन्ध परम्परागत मित्रता तथा सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीमा विस्तार भएको उल्लेख गरेका छन्। उच्चस्तरीय भ्रमण तथा विभिन्न तहका आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाएको उनको भनाइ थियो।

    images
    images

    सचिव राईका अनुसार नेपाल र चीनले बहुपक्षीयताप्रति प्रतिबद्ध रहँदै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा हितका विषयमा सहकार्य गर्दै आएका छन्। चीनले हासिल गरेको आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै उनले व्यापार, लगानी, पूर्वाधार, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

    नेपालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल तथा त्यसअन्तर्गतका परियोजनाको शीघ्र कार्यान्वयनलाई महत्व दिएको पनि उनले बताएका छन्।

    कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, विश्वास र सहयोग कायम रहँदै आएको बताएका छन्।। उनले नेपाल–चीन सम्बन्ध असल छिमेकी, मित्र र साझेदारका रूपमा निरन्तर अघि बढिरहेको उल्लेख गरेका छन्।

    राजदूत माओमिङले नेपालमा नयाँ सरकार गठन भएयता दुई देशबीच राजनीतिक पारस्परिक विश्वास थप गहिरिएको र ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अघि बढिरहेको बताएका छन्। व्यापार, अर्थतन्त्र, पूर्वाधार, सम्पर्क सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत क्षेत्रमा नयाँ प्रगति भइरहेको उनको भनाइ थियो।

    सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्याएको स्मरण गर्दै राजदूत माओमिङले पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्धलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका छन्।

    कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम स्थान हासिल गर्दै रु ५० हजार पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend