images

२०८३ आश्विन २० गते

images
images
images

मेचीनगरले थाल्यो ‘शून्य बेरुजु’ अभियान

मेचीनगरले थाल्यो ‘शून्य बेरुजु’ अभियान

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • झापा, २९ साउन । मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । लामो अवधिदेखि फछ्रर्योट नभएको बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

    images
    images

    विसं २०५३ मा मेचीनगर नगरपालिकाको स्थापना भएको हो । त्यसभन्दा अघि अस्तित्वमा रहेका गाउँ विकास समितिकै पालादेखिको आर्थिक बेरुजु रकम फछ्रर्योट हुन बाँकी रहेको छ ।

    ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्रर्योट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना प्रकाशित गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताएका छन् ।

    images
    images

    दोस्रो चरणमा निर्माण तथा उद्योगी व्यवसायीको बेरुजु फछ्रर्योटका लागि सहजीकरण गरिदिन उनीहरु आबद्ध सङ्घ–सङ्गठनलाई आग्रह गर्ने र तेस्रो चरणमा बेरुजु भएका व्यक्तिको विवरण सार्वजनिक गर्ने कार्ययोजना बनाइएको नगरपालिकाले जनाएको छ ।

    आर्थिक वर्ष २०८१।८२ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकाको वार्षिक बेरुजु रकम रु १४ करोड ९९ लाख ४३० छ । आव २०८१।८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु रु ८१ करोड ३० लाख ४१ हजार ४८७ रहेको छ । यसप्रकार हालसम्ममा मेचीनगर नगरपालिकाको कुल बेरुजु रकम रु ९६ करोड २९ लाख ९६ हजार ९१७ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

    “बेरुजुलाई शून्यमा झार्ने हाम्रो अभियान हो”, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भनेका छन् , “निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी र अन्य सम्बन्धित व्यक्तिले बेरुजु फछ्रर्योट गरेर सहयोग गर्ने हामीलाई विश्वास छ । फछ्रर्योटका लागि हामी उनीहरूलाई पत्राचार गरेर पर्याप्त समय पनि दिन्छौँ ।”

    अभियान सञ्चालन गरेपछि वर्षौँदेखि बेरुजु दाखिला वा फछ्रर्योट नगरेका सरोकारवाला सम्पर्कमा आउन थालेको र कतिपयले पुरानो रकम फछ्रर्योट गरेको उनले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend