images

२०८३ आश्विन २३ गते

images
images
images

डीडीसीले वनस्थलीमा खोल्यो आठौँ बिक्री केन्द्र

डीडीसीले वनस्थलीमा खोल्यो आठौँ बिक्री केन्द्र

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं।  दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।बिक्री केन्द्रको उद्घाटन गर्दै डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन बिक्री केन्द्र विस्तार गर्दै लगिएको बताए ।बिक्री केन्द्र विस्तारले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न तथा स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार नयाँ केन्द्रबाट उपभोक्ताले एउटै स्थानबाट डीडीसीका विभिन्न दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न सक्नेछन् ।

    images
    images

    पाण्डेले बजारको आवश्यकता र उपभोक्ताको मागलाई ध्यानमा राख्दै आगामी दिनमा अन्य स्थानमा समेत बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए ।वनस्थलीमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै डीडीसीका आधिकारिक बिक्री केन्द्रको संख्या आठ पुगेको छ । संस्थानले बिक्री केन्द्र विस्तारलाई किसानको उत्पादनको बजार सुनिश्चित गर्ने तथा उपभोक्तालाई गुणस्तरीय स्वदेशी दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend