images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको...

अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या बढ्यो

अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या बढ्यो

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • वाशिङटन डीसी । अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या बढेको छ । अगष्ट १ मा सकिएको हप्तामा १ लाख ९९ हजारले बेरोजगारी भत्ता पाउ भनेर आवेदन दिएको श्रम मन्त्रालयले बताएको छ ।यो संख्या अघिल्लो हीताको तुलनामा १ हजार धेरै हो । मन्त्रालयले अघिल्लो हप्ता आवेदन दिनेको संख्या संसोधन गर्ने क्रममा १ हजारले बढाएर १ लाख ९८ हजार पुर्याएको छ ।रोजगारी भत्ताका लागि साप्ताहिक रुपमा दिइने आवेदनलाई रोजगारी छटनीका प्रतिनिधि मानिन्छ । यो अमेरिकी श्रम बजारको स्वास्थ्यको वास्तविक–समय सूचकको नजिक रहन्छ । 

    images
    images

    गत हप्ता, जुन महिनाको लागि अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’को मुद्रास्फीति मेट्रिक पीसीई ३ दशमलव  प्रतिशत रहेको देखिएको छ । यो फेडको २ प्रतिशतको लक्ष्यभन्दा धेरै माथि छ । महँगी उच्च रहिरह्यो भने यसमा अंकुश ब्याजदर बढाउन आफूहरू तयार रहेको फेडका अधिकारीहरूले बताएका छन् ।गत महिना, सरकारी प्रतिवेदनले जुन महिनामा अमेरिकी रोजगारदाताहरूले कर्मचारी भर्ती कम गरेको अनि ५७ हजार मात्रै नयाँ रोजगारी सृजना भएको देखाएको थियो । यो संख्या अघिल्लो महिनाको कुल संख्याको आधा भन्दा कम थियो । मेहिनामा बेरोजगारी दर अघिल्लो महीनाको ४ दशमलव ३ प्रतिशतबाट झरेर ४ दशमलव २ प्रतिशतमा आएको छ । यो कमी मुख्यतया रोजगारबिहिन मानिसहरूले जागिर खोज्न छोडेकोअ नि उनीहरूलाई बेरोजगारको रूपमा गणना नगरिएकोले देखिएको बताइएको छ । मार्च, अप्रिल र मे महिनामा भने अमेरिकामा कर्मचारी भर्तीमा उच्च वृद्धि देखिएको थियो । मन्त्रालयले जुलाई महिनाको रोजगारी प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दैछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend