images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा...

राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ, २१ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको छ । 

    images
    images

    केन्द्रले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता ८५३ सरकारी कार्यालयको अनुगमन गरी आचारसंहिता पालना नगर्ने आठ हजार ८३० कर्मचारीलाई कारबाही गर्न अख्तियारवालालाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    यस्तै, केन्द्रले राष्ट्रिय योजनाको प्राविधिक परीक्षण, सेवा प्रवाहमा ढिलासुस्ती रोक्न ‘फाइल ट्रयाकिङ’, सेवाग्राही सन्तुष्टि सर्वेक्षणलगायत काम पनि गरिरहेको छ ।

    images
    images

    केन्द्रलाई थप अधिकारसम्पन्न बनाउन ‘सतर्कता ऐन’ तर्जुमा गर्ने काम अन्तिम चरणमा पुगेको छ । आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई देशैभर व्यापक र बलियो बनाइने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend