काठमाडौँ, २१ साउन । भारतीय सेना प्रमुख जनरल धीरज सेठ पाँच दिने औपचारिक भ्रमणका लागि साउन ३१ गते नेपाल आउने भएका छन्।
भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्काका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने परम्परा रहँदै आएको छ।
नेपाल बसाइका क्रममा जनरल सेठले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेल तथा अन्य उच्च सरकारी अधिकारीहरूसँग द्विपक्षीय सैन्य सहयोग र आपसी सम्बन्धका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
भारत सरकारले जनरल धीरज सेठलाई ३० जुन २०२६ मा भारतीय सेनाको ३१औँ सेना प्रमुखका रूपमा नियुक्त गरेको थियो।




.gif)





