images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • धरौटी नबुझाएपछि कांग्रेस नेता अभिषेक गिरी...

धरौटी नबुझाएपछि कांग्रेस नेता अभिषेक गिरी डिल्लीबजार कारागार चलान

धरौटी नबुझाएपछि कांग्रेस नेता अभिषेक गिरी डिल्लीबजार कारागार चलान

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । कांग्रेस नेता अभिषेक गिरीले अदालतले तोकेको धरौटी बुझाएका छैनन् । काठमाडौँ जिल्ला अदालतले गिरीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।साउन १५ मा आदेश भए पनि उनले धरौटी नतिरेपछि गिरीलाई कारागार चलान गरिएको छ । गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका गिरी अहिले कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन् ।

    images
    images

    मोरङ कारागारका कैदी बन्दीहरुबाट असुली गरेको घटनामा अदालतबाट हाजिर जमानीमा छुटेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक सुभाष श्रेष्ठलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा सीआईबीले अभिषेक विरुद्ध ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा अनुसन्धान गरेर अभियोजन गरेको थियो ।यसअघि पनि उनी अपहरण तथा शरीर बन्धक मुद्दामा उनी ९ वर्ष जेल बसेर २०७९ चैत ५ मा छुटेका थिए ।

    पहुँचको आधारमा ठेक्का मिलाइदिने आश्वासन दिएर श्रेष्ठ कन्स्ट्रक्सनले पाएको ठेक्का अभिषेकले ‘आफ्नो कम्पनी मार्फत गर्छु’ भनेर काम नगरेर श्रेष्ठ कन्स्ट्रक्सनलाई आर्थिक नोक्सानी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend