images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • उचित भाडादर र हकहितको माग गर्दै...

उचित भाडादर र हकहितको माग गर्दै राइडर तथा चालक आन्दोलनमा

उचित भाडादर र हकहितको माग गर्दै राइडर तथा चालक आन्दोलनमा

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइडर तथा चालकहरू उचित हकहित, संरक्षण तथा न्यायपूर्ण भाडादरको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।फाउन्डेसनले डिजिटल राइड–सेयरिङसम्बन्धी नीतिगत सुधार, चालक तथा राइडरको उचित पारिश्रमिक सुनिश्चित गर्न तथा श्रम शोषण अन्त्य गराउन दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।

    images
    images

    जसअनुसार आन्दोलनको पहिलो बुधबार राइडरहरुले राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरुले वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, श्रम शोषण तत्काल बन्द गरिनुपर्नेलगायतका माग अघि सारेका छन् । फाउन्डेसनले आजदेखि सुरु भएको आन्दोलन साउन २१ र  र २२ गते पनि जारी रहने जनाएका छन् । आयोजकका अनुसार आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउँदै संविधान, प्रचलित कानुन तथा स्थानीय प्रशासनका निर्देशनको पूर्ण पालना गरिनेछ। विरोधका क्रममा कुनै पनि प्रकारको हिंसा, तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने वा यातायात अवरोध गर्ने गतिविधि नगरिने प्रतिबद्धतासमेत फाउन्डेसनले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend