images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक...

११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला

११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ । बक्यौता नबुझाएपछि तालाबन्दी गरेको ११४औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो । ताला खोले पनि पठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ ।पुस्तकालयको ताला खोल्न चौतर्फी दबाब आएपछि परिषद्का पदाधिकारीहरूले बुधवार ताला खोलेका हुन् । तर साँचो परिषद्ले आफै राख्ने जनाएपछि पाठकहरूले विरोध जनाएका थिए । उनीहरूले पुस्तकालयको साँचो सञ्चालक समिति वा पाठकहरूलाई नै दिन माग गरेका थिए । त्यसपछि परिषद्, पुस्तकालयका प्रतिनिधि र पाठकबिच सहमति गरिएको थियो ।

    images
    images

    सहमति अनुसार पुस्तकालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गर्ने र सोमबारदेखि पूर्ण रुपमा पठनपाठनका लागि खुला गरिने समाज कल्याण परिषद् व्यवस्थापन कार्यालय प्रमुख खगनाथ रेग्मीले जानकारी दिए । पुस्तकालयको तालाचाबी अहिले पुस्तकालय प्रशासनमा नै रहने गर्ने र पुस्तकालय सञ्चालनको मोडालिटीका बारेमा परिषद र पुस्तकालय कार्यसमिति बसेर छलफल गरी उचित निकास निकाल्ने सहमति भएको उनले बताए । बक्यौता रकम नतिरेको भन्दै परिषद्ले २०८२ साल चैत ३० गते पुस्तकालयमा तालाबन्दी गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend