images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु,...

लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु, नेपालले घटनाक्रम अध्ययन गर्दै

लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु, नेपालले घटनाक्रम अध्ययन गर्दै

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । नेपाललाई बेवास्ता गर्दै भारत र चीनले लिपुलेक हुँदै व्यापार सुरु गरेका छन् । भारतबाट १६ जना व्यापारी र चार जना सहयोगीसहित २० जना व्यापारका लागि लिपुलेक हुँदै तिब्बतको तकलाकोट गएका छन् ।लिपुलेक हुँदै २० जना भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र त्यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जिल्लाबाट आएका कुरा र सञ्चारमाध्यममा आएका विषय परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको प्रस्ट पारे । उनले भने, ‘यसको विषयमा परराष्ट्र मन्त्रालयले केही गर्दै होला ।’

    images
    images

    यता परराष्ट्र मन्त्रालयले घटनाक्रमको बारेमा अध्ययन भइरहेको जनाएको छ । यसबारे चाँडै औपचारिक जानकारी गराउने मन्त्रालयको भनाइ छ ।भारतीय सञ्चारमाध्यमका अनुसार चीनले हाल २० जना भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ । भारतले १५५ वटा वस्तु आयात गर्ने र त्यसका लागि ६२ व्यापारी र ९३ जना सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ । सोही अनुसार पहिलो चरणमा २० जना भारतीय तिब्बत पुगेका छन् ।एएनआईसँग कुरा गर्दै भारतका सीमा व्यापार संगठनका अध्यक्ष जीवन सिंह रोन्कालीले नाका खुल्ने भएपछि सन् २०१९ देखि तिब्बतको तकलाकोटस्थित गोदाममा थन्किएका सामान ल्याउन सहज हुने बताए । ७ वर्षपछि यो मार्ग पुनः सुरु हुन लागेकामा व्यापारी तथा स्थानीय उत्साहित रहेको उनको भनाइ छ ।एएनआईसँग कुरा गर्दै भारतका सीमा व्यापार संगठनका अध्यक्ष जीवन सिंहले सन् २०१९ को तथ्याङ्क अनुसार करिब १.९ करोड भारु बराबरको आयात र करिब १.३ करोड भारु बराबरको निर्यात भएको जनाए । अब व्यापार अझै बढ्ने उनले विश्वास व्यक्त गरे । चाडपर्वलाई लक्षित गरेर सामान ल्याउन लागिएको उनले बताए ।

    भारत–चीनबिच सम्झौता

    images
    images

    चीनका विदेश मन्त्री वाङ यी एक वर्षअघि भारत भ्रमणमा गएको बेला भारत र चीनबिच लिपुलेकको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो । भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यीबिच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो । लिपुलेकसँगै सिप्क ला र नाथु ला सीमा व्यापार खुला गरिने सहमति भएको भारतीय विदेश मन्त्रालयलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यसअघि २०८१ पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मनोसरोवार यात्रा पुनः सुरुवात गर्ने सहमति भएको थियो । अजित डोभाल र चिनियाँ विदेश मन्त्री वाङ यीबिच २०२४ डिसेम्बर १८ मा चीनको बेइजिङमा छलफल भएको थियो । कोभिडदेखि सो क्षेत्र हुँदै व्यापार तथा कैलाश मानसरोवर यात्रा स्थगित थियो । दुवै देशले त्यतिबेला यात्रा र व्यापार दुवै पुनः सञ्चालन गर्ने सहमति गरेका थिए ।२०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो ।

    नेपालको असहमति

    लिपुलेकको विषयलाई लिएर भारत र चीनबिच सहमति भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मन्त्रालयलाई भनेर तत्कालै नेपालस्थि भारत र चीनका राजदूतलाई ‘प्रोटेस्ट नोट’ पठाएर सो सहमतिप्रति आपत्ति जनाएका थिए ।त्यतिबेला पनि नेपाल र भारतबिच असहज परिस्थिति उत्पन्न भएको थियो । त्यही विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री कोइराला र भारतका प्रधानमन्त्री मोदीबिच फोनवार्ता भएको थियो । त्यसपछि सुशील कोइरालाको निर्धारित भारत भ्रमण एकाएक स्थगित भएको थियो ।त्यतिबेला नेपालले असहमति जनाउँदा जनाउँदै भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो । त्यति बेलामा पनि भारतको खुब विरोध भएको थियो ।भारतले आफ्नो नक्सा सच्याउनुको सट्टा २०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म सडक बनाएर त्यसको उद्घाटन गरेको थियो । नेपालले त्यसको पनि विरोध गरेको थियो ।त्यसपछि नेपालले पनि आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियधुरालाई समावेश गरेको थियो र संसदबाट त्यसलाई पास पनि गरेको थियो । २०७७ जेठमा नेपाल सरकारले त्यो नक्सा जारी गरेको थियो ।

    चीनको जबफ

    २०८२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला लिपुलेकलाई लिएर भारत र चीनबिच भएको सम्झौताको विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष कुरा राखेका थिए । त्यसको जबाफमा चीनले लिपुलेकको विषय नेपाल–भारतको समस्या हो भन्दै दुवै देश मिलेर समाधान गर्न भनेको थियो ।पछिल्ला समय असारमा परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा गएको बेला त्यहाँका विदेशमन्त्री वाङ यी समक्ष लिपुलेकको कुरा राखेका थिए । वाङ यीले पनि नेपाल र भारतबिच छलफल गरी विवाद सुल्झाउन सुझाव दिएका थिए ।यसरी भारत र चीनले गरेको सहमतिलाई नेपालले विरोध गर्दागर्दै दुवै देशले सहमति अनुसार व्यापार नै सुरु गरेका छन् । भारत र चीनले गरेको सहमतिमा आपत्ति जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । भारतले लिपुलेक, कालापानी, लिम्पियाधुरा वर्षौंदेखि प्रयोगमा आएको आफ्नो भूभाग रहेको दाबी गर्दै त्यसमा केही कुरामा चित्त बुझेको छैन भने कूटनीतिमार्फत समाधान गर्न सकिन्छ भनेको थियो ।चीनले लिपुलेकको विवाद भारत र नेपालबिचको समस्या रहेको भन्दै त्यसलाई दुवै देश मिलेर समाधान गरोस् भन्ने जबाफ नेपाललाई पठाएको थियो । तर नेपाल र भारतबिच यस विषयमा कुनै छलफल वा वार्ता नै नभई चीन र भारतले एकतर्फी रूपमा व्यापार सुरु गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend