images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार...

तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. सङ्गीता सिंह भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ ।विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीश हेमन्त रावल र न्यायाधीश विदुर कोइरालाको इजलासमा सुनुवाइ सुरु भएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति भण्डारीसहित १३ जनालाई एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै गत असोज २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।  अख्तियारले उपकुलपति प्रा.डा. सङ्गीता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमित कुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृतद्वय छाया डि.सी. र श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, र वरिष्ठ सहायक अन्जु शर्मा विरुद्ध मुद्दा दायर गरेको थियो ।

    images
    images

    यस्तै, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा त्यसका अध्यक्ष पोष्ट राज ज्ञवालीलाई पनि प्रतिवादी बनाइएको छ ।आयोगले सबै प्रतिवादीहरूबाट कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ । साथै, हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुलउपर गर्न पनि माग गरेको थियो ।कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी आर्थिक अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा प्रतिष्ठानका पदाधिकारी र आपूर्तिकर्ता कम्पनीको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।अख्तियारका अनुसार प्रतिष्ठानले खरिद गुरुयोजना र आवश्यकता पहिचान नगरी बजेट माग गरेको थियो । सार्वजनिक खरिद ऐन विपरीत निश्चित कम्पनी (लुम्बिनी हेल्थकेयर प्रा.लि.) लाई मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend