images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको...

एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह

एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । एलपी ग्यास उद्योग संघ नेपालले हाल बजारमा देखिएको ग्यासको अभाव र उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले  एक अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ ।विगतमा तेस्रो मुलुकमा देखिएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिण्डर मात्र उपलब्ध गराइएको थियो । तर, अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुधारिएसँगै आयात नियमित भएको र पुनः १४.२ केजीकै पूरा सिलिण्डर बजारमा पठाइएको संघले जानकारी दिएको छ ।

    images
    images

    संघका अनुसार विगत ४ महिनाको अवधिमा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएको थियो । यही अभावका कारण बजारमा ग्यास पाइँदैन कि भन्ने डरले उपभोक्ताहरूले आफूसँग भएका सबै खाली सिलिण्डरहरू एकै पटक भर्न खोज्दा बजारमा चाप बढेको र अभाव देखिएको संघको विश्लेषण छ ।जोसँग कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, उनीहरूलाई तत्काल ग्यासको लाइनमा नबसिदिन संघले अनुरोध गरेको छ । विक्रेताहरूलाई उपलब्ध ग्यास आवश्यकता भएकालाई प्राथमिकतामा राखेर पारदर्शी ढंगले वितरण गर्न र उद्योगीहरूलाई व्यवस्थित रूपमा बजारमा ग्यास पठाउन निर्देशन दिइएको छ ।बजार पूर्ण रूपमा सहज नहुन्जेलसम्म नेपाल आयल निगमले नियमित कोटाभन्दा बढी ग्यास आयात गर्नुपर्ने संघको माग छ ।

    IMG-20260804-WA0005

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend