images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • चालु आर्थिक वर्षभित्र १६६ विधेयक ल्याउने...

चालु आर्थिक वर्षभित्र १६६ विधेयक ल्याउने सरकारको लक्ष्य

चालु आर्थिक वर्षभित्र १६६ विधेयक ल्याउने सरकारको लक्ष्य

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं– सरकारले संघीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयक दर्ता भएका हुन्।दर्ता भएका विधेयकमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा पेस गरिएको छ। सरकारले चालु आर्थिक वर्षभित्र कुल १६६ वटा विधेयक संसद्मा दर्ता गर्ने लक्ष्य राखेको छ।संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार विधेयकहरू बिहीबार सचिवालयमा प्राप्त भएका थिए। तीमध्ये केही बिहीबार नै र बाँकी शुक्रबार दर्ता गरिएको उनले जानकारी दिए।

    images
    images

    प्रतिनिधिसभामा दर्ता भएका विधेयकमा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, २०८३ तथा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ रहेका छन्।

    त्यसैगरी, राष्ट्रियसभामा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ दर्ता गरिएको छ।सरकारले कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिने उद्देश्यसहित चालु आर्थिक वर्षमा ठूलो संख्यामा विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend