images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सम्पत्ति छानबिन आयोगविरुद्धको रिट : लिखित...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट : लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट : लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध परेको रिटमा लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश दिएको छ।उक्त रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो।पूर्वन्यायाधीश टोपबहादुर सिंहको रिटमा सम्पत्ति छानबिन आयोगको लिखित जवाफ पेस नभएको देखिएपछि अर्को सुनुवाइको पेसी तोक्न आदेश भएको रिट निवेदक अधिवक्ता डा.प्रेमराज सिलवालले जानकारी दिए।सम्पत्ति छानबिन आयोगको गठन र छानबिनमा वैधानिकताको प्रश्न उठाउँदै पूर्वन्यायाधीश फोरम नेपालको अध्यक्ष एवं सर्वोच्च अदालतबाट सेवा निवृत्त न्यायाधीश टोपबहादुर सिंह ठकुरी, अधिवक्ता डा.प्रेमराज सिलवाल, लिगल इनोभेसन एन्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मनिराम उपाध्याय र मानबहादुर लामिछानेले सर्वोच्चमा भिन्नाभिन्नै रिट दिएका थिए।

    images
    images

    यसअघि सर्वोच्चले आयोगले उजुरी लिने कार्य र अनुसन्धान रोक्न सर्वोच्चबाट जारी अल्पकालीन अन्तरिम आदेश अनुरूप सूचना निकालेर आफ्नो कामकारबाही तत्कालका लागि स्थगन गरेको थियो। सर्वोच्च अदालतले सम्पूर्ण काम यथास्थितिमा राखेर सरकार, आयोग र रिट निवेदकलाई बिहीबारका लागि छलफलमा डाकेको थियो। यसअघि जारी अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सर्वोच्चमा सुनुवाइ सकिएका कारण आदेश आउने तयारी छ। सर्वोच्चको अन्तरिम आदेशपछि असार ३२ गते सूचना जारी गर्दै कामकारबाही तत्कालका लागि स्थगित गरिएको जनाएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend