images

२०८३ आश्विन २७ गते

images
images
images

सरकारले गर्‍यो ४ सचिवको सरुवा

सरकारले गर्‍यो ४ सचिवको सरुवा

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ। सरकारले ४ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ४ सचिवको सरुवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको मुख्यसचिव गोविन्द कार्कीले  जानकारी दिए । कार्कीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई डा. पोखरेलको स्थानमा पठाइएको छ । गत माघमा मात्रै सञ्चार मन्त्रालयमा पुगेकी बस्नेत ६ महिनामै सरुवामा परेकी हुन् । 

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ । बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । अधिकारी अनिवार्य अवकाशको मुखमा रहेकाले अतिरिक्त समूहमा तानिएको हो । बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend