images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले...

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • जनकपुरधाम । दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती पुगेको छ।धनुषाको ढल्केबर–जनकपुर–जटही ६ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी तथा यात्रु सास्ती खेप्न बाध्य छन्।जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना हो, उक्त पुल। स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको बताए।

    images
    images

    जनताले पुल छिट्टै तयार हुने अपेक्षा गरे पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निरासा बढेको छ। निर्माणकार्य अधुरो रहँदा जनताका अपेक्षा पूरा हुन सकेन । निर्माण ठेक्का २०७६ साल जेठ २५ गते नागार्जुन हेम जेभीसँग भएको थियो । निर्माण लागत रु १३ करोड ९५ लाख ६४ हजार ३३८ मा सम्झौता भएको हो।सडक डिभिजन कार्यालय जनकपुरधामले २०८२ माघ १७ गते पुल निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिएको छ । पुल निर्माणमा भएको ढिलाइका कारण सडक डिभिजन कार्यालय जनकपुरधामले नागार्जुन हेम जेभीसँगको ठेक्का सम्झौता तोडेको प्रमुख इन्जिनियर दारोगा प्रसादले बताए।ढल्केबर–जनकपुर–जटही ६ लेन सडक मधेस प्रदेशकै महत्त्वपूर्ण सडक आयोजना हो । भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले पुलको निर्माण थालनी गरिएको थियाे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend