images

२०८३ आश्विन १९ गते

images
images
images

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • कर्णाली। कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा बुधबार सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवातजावत पूर्ण रुपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी(सीडीओ) झविलाल भट्टराईले जानकारी दिए।

    images
    images

    पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठुलो स्काभेटर माग गरिएको छ।सीडीओ भट्टराईले भने, “सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटको टिमुरे भिरमा राखिएको एक्साभेटर ल्याइँदैछ । हामी जतिसक्दो छिटो सडक खुलाउने काममा लागि रहेका छौँ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend