images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आज देशका विभिन्न १७ जिल्लामा आकस्मिक...

आज देशका विभिन्न १७ जिल्लामा आकस्मिक बाढीको सम्भावना

आज देशका विभिन्न १७ जिल्लामा आकस्मिक बाढीको सम्भावना

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार देशका प्रमुख ठूला नदीहरूमा हाल बाढीको ठुलो जोखिम देखिएको छैन। आज बिहानको मापनअनुसार देशका मुख्य तथा ठूला नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूमा बहाव नियन्त्रणमै छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ।

    images
    images

    ठुला नदीहरूमा स्थिति सामान्य रहे पनि आज देशका विभिन्न १७ जिल्ला भई बहने स-साना नदीहरूमा भने पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। महाशाखाले सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र यी जिल्ला आसपासका क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताएको छ।यसैगरी भोलि पनि बाढीको जोखिम कायमै रहने पूर्वानुमान छ। भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा जलसतह आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।

    त्यस्तै पर्सि पनि देशका विभिन्न भागमा सतर्कता अपनाउनुपर्ने देखिएको छ। पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले सूचित गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend