images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत...

एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन

एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • कैलाली । एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (एपीन) को सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला समिति गठन गरिएको छ। धनगढीमा आयोजित संस्थागत विद्यालयका प्रतिनिधिहरूको भेलाबाट दुवै समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।कार्यक्रममा प्रारम्भिक तथा पूर्वप्राथमिक शिक्षाको गुणस्तर सुधार, शिक्षकको क्षमता विकास, सदस्यता विस्तार र संस्थागत विद्यालयका साझा समस्याका विषयमा गहन छलफल भएको थियो।भेलाले एपिन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा मोहनराज ओझालाई चयन गरेको छ। उपाध्यक्षमा निर्मलबहादुर सिंह, सचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा भोवीबहादुर कटुवाल र सहसचिवमा भक्तराज ओझा सर्वसम्मत छानिएका छन्। प्रदेश सल्लाहकार समितिको संयोजकमा निरपबहादुर कुँवर र सदस्यमा ज्ञानु जोशी रहेका छन्।

    images
    images

    त्यस्तै एपिन कैलाली जिल्ला समितिको अध्यक्षमा शंकरबहादुर मल्ल चयन भएका छन्। उपाध्यक्षमा अच्युत दाहाल र सृष्टि हुमागाईं मल्ल, सचिवमा सरिता शाह तथा कोषाध्यक्षमा सुनिता पडाल चयन भएका छन्। कैलाली जिल्ला सल्लाहकार समितिको संयोजकमा सुजित शर्मा र सदस्यमा ओमजंग सिंह रहेका छन्।कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइयो। नयाँ नेतृत्वले संस्थागत विद्यालयहरूबिच सहकार्य र समन्वय बढाउँदै गुणस्तरीय प्रारम्भिक शिक्षा, शिक्षकको क्षमता विकास तथा बालमैत्री शिक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend