काठमाडौं । संघीय निजामती सेवाका विभिन्न सेवासमूहमा कार्यरत ७९ जना सहसचिव तथा सो सरहका उच्च अधिकारी अनिवार्य अवकाशमा जाने भएका छन्। अवकाशमा जाने अधिकारीहरू प्रशासन, इन्जिनियरिङ, न्याय, वन, परराष्ट्र तथा अन्य सेवामा कार्यरत रहेका छन्।प्रशासन सेवाबाट सबैभन्दा धेरै ४२ जना, इन्जिनियरिङ सेवाबाट १४ जना, न्याय सेवाबाट ८ जना, वन सेवाबाट ५ जना, परराष्ट्र सेवाबाट ४ जना तथा अन्य सेवाबाट ६ जना अधिकारी सेवा निवृत्त हुन लागेका हुन्।
प्रशासन सेवाबाट ४२ अधिकारी अवकाशमा
नेपाल प्रशासन सेवाबाट अवकाशमा जानेहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव हेमराज सुवेदी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं, रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीकृष्ण नेपाल र सुशील ढकाल, राष्ट्रपतिको कार्यालयका सहसचिव सन्तोषकुमार दाहाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखनाथ ज्ञवाली र गोपालप्रसाद अर्याल लगायत छन्।यस्तै, अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, नेपाल ट्रष्ट कार्यालयका राजेन्द्रदेव पाण्डे, राष्ट्रिय योजना आयोगका हरिशरण पुडासैनी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रदीपकुमार कोइराला, राष्ट्रिय सूचना आयोगका रमेश न्यौपाने, राष्ट्रिय सुरक्षा परिषद्का रामहरी ज्ञवाली तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका रामप्रसाद आचार्य पनि अवकाशमा जाने सूचीमा रहेका छन्।
प्रमुख जिल्ला अधिकारीहरूमध्ये हरिप्रसाद घिमिरे (दोलखा), शिवराम गेलाल (झापा), दीपकराज नेपाल (नवलपरासी पश्चिम), बासुदेव दाहाल (पाँचथर), जनार्दन गौतम (कपिलवस्तु), कृष्णप्रसाद आचार्य (बागलुङ), बसन्त अधिकारी (मकवानपुर) र मदन कोइराला (कञ्चनपुर) पनि सेवा निवृत्त हुनेछन्।
इन्जिनियरिङ सेवाबाट १४ वरिष्ठ अधिकारी
नेपाल इन्जिनियरिङ सेवाबाट दीपककुमार दास, कृष्णप्रसाद सापकोटा, महेशचन्द्र न्यौपाने, सुमनकुमार रेग्मी, शैलेशकुमार झा, मनिषकुमार अग्रवाल, हरिकुमार पोखरेल, श्यामकिशोर यादव, उमेश बिन्दु श्रेष्ठ, चकाजी महर्जन, प्रभातकुमार सिंह, कुशाङ शेर्पा, पुष्करप्रसाद पोखरेल र चुम्बहादुर ओली अवकाशमा जाने भएका छन्।
न्याय सेवाबाट ८ जना
नेपाल न्याय सेवाबाट घनश्याम ओझा, गोपाल लामिछाने, गंगाप्रसाद पौडेल, कोमलबहादुर खत्री, हरिप्रसाद रेग्मी, हरिप्रसाद जोशी, विश्वजंग सिजापति र जनकसिंह बोहरा सेवा निवृत्त हुनेछन्।
वन, परराष्ट्र र अन्य सेवाका अधिकारी पनि अवकाशमा
नेपाल वन सेवाबाट रविन्द्र महर्जन, दीर्घनारायण कोइराला, दीपक ज्ञवाली, राजेन्द्रकुमार बासुकला र रामचन्द्र कँडेल अवकाशमा जाने भएका छन्। नेपाल परराष्ट्र सेवाबाट भृगु ढुंगाना, गणेशप्रसाद ढकाल, भरतकुमार रेग्मी र तीर्थराज अर्याल पनि सेवा निवृत्त हुनेछन्।त्यस्तै, अन्य सेवाअन्तर्गत रमेशप्रसाद मैनाली, पशुपति ढुंगाना, टिकाराम शर्मा, शरदकुमार शर्मा, जयराम घिमिरे र कान्छा दुलाल पनि अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्।
उच्च प्रशासनमा नयाँ नेतृत्व चयनको तयारी
एकैपटक ठूलो संख्यामा सहसचिव तथा सो सरहका अधिकारी अवकाशमा जान लागेकाले संघीय प्रशासन, प्रदेश सरकार, मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा संवैधानिक निकायहरूमा नेतृत्व परिवर्तन हुने भएको छ।यससँगै रिक्त हुने पदहरूमा बढुवा, सरुवा तथा नयाँ जिम्मेवारी निर्धारणका लागि सरकारले तयारी थालेको छ। प्रशासनिक नेतृत्वमा आउने परिवर्तनले संघीय निजामती सेवाको कार्यसम्पादन, नीति कार्यान्वयन र प्रशासनिक व्यवस्थापनमा समेत प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।




.gif)





