images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • प्रभु हेलिकप्टरले सन् २०२५ मा कमायो...

प्रभु हेलिकप्टरले सन् २०२५ मा कमायो २८ करोड ५० लाख

प्रभु हेलिकप्टरले सन् २०२५ मा कमायो २८ करोड ५० लाख

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । आईपीओ बिक्रीको तयारीमा रहेको प्रभु हेलिकप्टरले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा २८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२४ मा २६ करोड, सन् २०२३ मा ४१ करोड ७० लाख, सन् २०२२ मा २२ करोड ८० लाख र सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ । एजेन्सीले नेपालले प्रभु हेलिकप्टर लाई ‘आईआरएन बीबी माइनस’ इश्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले दीर्घकालीन ३० करोड ४७ लाख रुपैयाँको बैंक कर्जाका लागि ‘आईआरएन बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । त्यस्तै, सर्ट टर्म ६ करोड ५१ लाख रुपैयाँ कर्जाका लागि ‘आईआरएन ए४’ रेटिङ पाएको छ । लङ टर्म २३ लाख २० हजार अमेरिकी डलर कर्जाका लागि पनि ‘आईआरएन बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ ।

    images
    images

    रेटिङ एजेन्सीका अनुसार हेलिकप्टरको करिब एक दशक लामो सञ्चालन अनुभव, अनुभवी सञ्चालक तथा व्यवस्थापन टोली, सुधारिएको पुँजी संरचना र लगातार सकारात्मक सञ्चालन नाफाले रेटिङलाई समर्थन गरेको छ । कम्पनीले सन् २०१५ देखि हेलिकोप्टर सेवा सञ्चालन गर्दै आएको छ ।प्रभुले हेलि साइटसिइङ, मेडिकल इभ्याकुएसन, उद्धार सेवा, एरियल सर्भे तथा चार्टर उडान सेवा प्रदान गर्दै आएको छ । कम्पनीको सञ्चालन आम्दानी २०८१/८२ मा सुधार भएको छ । २०८०/८१ मा एउटा हेलिकोप्टर ग्राउन्डेड भएपछि आम्दानीमा गिरावट आएको भए पनि कम्पनीले पुनः सुधारको बाटो समातेको र नाफा वृद्धिमा प्रगति देखाएको छ ।हेलिकप्टरको खुद नाफा पनि उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ मा प्रभु हेलिकोप्टरले १० करोड रुपैयाँ नाफा कमाएको छ । इबीआईटीडीए मार्जिन ४६ प्रतिशत पुगेको छ । रेटिङ प्रतिवेदनले कम्पनीको पुँजी संरचनामा समेत सुधार देखिएको जनाएको छ । समग्र गियरिङ अनुपात सन् २०२५ मा १.२४ गुणामा झरेको छ, जुन सन् २०२१ मा १८.०६ गुणा थियो । ब्याज भुक्तानी क्षमता र नगद प्रवाहमा पनि सुधार देखिएको छ ।

    यद्दपि, कम्पनीको आम्दानी अत्यधिक रूपमा खुम्बु क्षेत्रमा केन्द्रित रहेको भन्दै रेटिङ एजेन्सीले जोखिम औंल्याएको छ । कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत हिस्सा खुम्बु क्षेत्रबाट आएको छ । मनास्लु क्षेत्रको योगदान १० प्रतिशत, सिमिकोटको ८ प्रतिशत, कञ्चनजंघाको ५ प्रतिशत तथा उद्धार सेवाको ५ प्रतिशत रहेको छ ।त्यस्तै, कम्पनीको आम्दानी नेपालमा ट्रेकिङ तथा पर्वतारोहण सिजनमा निर्भर रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्मको अवधिले मात्रै सन् २०२५ को कुल आम्दानीको करिब ६९ प्रतिशत हिस्सा ओगटेको छ ।इन्धन मूल्यमा हुने उतारचढाव र अमेरिकी डलरमा रहेको कर्जा दायित्व पनि कम्पनीका लागि प्रमुख जोखिमका रूपमा रहेका छन् । हेलिकप्टरसँग सन् २०२६ जुनसम्म २.३२ मिलियन डलर बराबरको दीर्घकालीन कर्जा रहेको छ । हाल प्रभुसँग दुईवटा एयरबस हेलिकोप्टर छन् । कम्पनीको चुक्ता पुँजी ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने सनराइज होल्डिङ्स र कम्पनीका अध्यक्ष सुभाष अमात्य प्रमुख सेयरधनी हुन् ।प्रभु हेलिकोप्टर लिमिटेडले ६१ लाख २५ हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि बोर्डसमक्ष आवेदन दिएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend