images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज...

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो चौथो खेलमा बङ्गलादेशको सामना गर्दैछ। इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। प्रतियोगिताको सेमिफाइनल समीकरणका लागि नेपाललाई यो खेल अत्यन्तै महत्त्वपूर्ण बनेको छ।प्रतियोगितामा अहिलेसम्म लगातार तीन खेल गुमाइसकेको नेपाल २ अङ्कका साथ तालिकाको पुछारमा छ। यसअघिका खेलहरूमा कजाखस्तान र श्रीलङ्कासँग पाँच सेटसम्म सङ्घर्ष गरे पनि नेपाल पराजित भएको थियो भने दुवै खेलबाट समान १–१ अङ्क जोड्न सफल भएको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।

    images
    images

    यता, बङ्गलादेशले भने हालसम्म खेलेका तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। बङ्गलादेशले उज्वेकिस्तान र कजाखस्तानलाई पाँच सेटको रोमाञ्चक प्रतिस्पर्धामा पराजित गरेको थियो भने पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। हाल ४ अङ्क जोडेको बङ्गलादेश तालिकाको तेस्रो स्थानमा छ भने ९ अङ्कसहित पाकिस्तान शीर्ष स्थानमा कायम छ।

    ६ राष्ट्र सहभागी यस प्रतियोगिताको लिग चरणका खेलहरू समाप्त हुँदा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। अहिलेसम्म जितविहीन रहेको एक्लो टोली नेपालका लागि सेमिफाइनलमा पुग्नका लागि आज बङ्गलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब छ। नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार उज्वेकिस्तानसँग खेल्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend