images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • वागमती सफाइ महाअभियान ६८९ औँ हप्तामा...

वागमती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

वागमती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

images
images
शनिवार, श्रावण ९ २०८३
शनिवार, श्रावण ९ २०८३
  • काठमाडौँ, ९ साउन । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । 

    images
    images

    महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको छ । सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । उनका अनुसार सफाइका क्रममा सङ्कलन गरिएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ ।

    सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डा आनन्दसिंह भाट, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मी लगायतको सहभागिता रहेको उनले बताए ।

    images
    images

    अर्को हप्ता साउन १६ गते शनिबारको सफाइ कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्रमुनिको वाग्मती नदी किनारमा गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ अभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले निरन्तरता पाउँदै आएको छ । 

    झरी, गर्मी, जाडो, भूकम्प, कोरोना महामारी, दसैँ तिहारजस्ता चाडपर्वका दिन शनिबार परे पनि सफाइ अभियान रोकिएको छैन । यो अभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा वाग्मतीका सबै सहायक नदीमा पनि सफाइ अभियान सुरु भइसकेका छन् । 

    काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी सभ्यता क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा साप्ताहिक रुपमा शनिबार सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियानले देशभर सफाइ जागरण फैल्याएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend