images

२०८३ आश्विन २८ गते

images
images
images

खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता

खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता

images
images
शनिवार, श्रावण ९ २०८३
शनिवार, श्रावण ९ २०८३
  • कर्णाली, ९ साउन । तल्लो तहका व्यापारदेखि ठूलो होटलसम्मको अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम, व्यापार व्यवसायीलाई जिम्मेवार बन्न र उपभोक्तालाई सचेत गराउनुपर्नेमा सुझाव दिइएका थिए ।

    images
    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा शुक्रबार वीरेन्द्रनगरमा आयोजित गत आव ०८२।०८३ मा वार्षिक प्रगति समीक्षा कार्यक्रममा सो सुझाव दिइएको हो ।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमन कर्ता भएको बताएका थिए ।

    images
    images

    उनले उत्पादक, भण्डारक र वितरकसम्म जिम्मेवार भए उपभोग्य वस्तुको गुणस्तरमा कमी नहुने बताएका थिए । प्रशासनको अनुगमन सुधारात्मक भएको बताउँदै उनले एकैपटकम दण्डात्मक उपचार राम्रो नहुने जनाएका थिए ।

    उनले भने, “हरेक व्यक्तिले आफ्नो आहारविहार अर्थात् आनीबानी परिवर्तन गर्न जरुरी छ । अन्नको प्रभावले शरीर मात्र होइन, मनलार्ई पनि असर गरिरहेको हुन्छ । तसर्थ हामीले प्रयोग गर्ने खाद्य वस्तुको गुणस्तर र उत्पादकत्व दुवै राम्रो हुनुपर्दछ ।”

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्रीराम न्यौपानेले सुर्खेत कार्यालयले दश जिल्लाको अवस्था हेर्दा अपेक्षित प्रतिफल निस्कन नसकेको बताएका थिए । उनले भने, “जनशक्ति र साधन स्रोतको अवस्था सीमित छ । दरबन्दी करिब ५० प्रतिशत कम छ यद्यपि काम नगरी पनि सुख छैन ।” पछिल्लो समयमा यहाँका ठूला होटलदेखि बजारका ससाना व्यवसायीको उत्पादन र वितरणको गुणस्तर जाँच गरी उपभोक्तालाई सचेतना जगाएको उनले बताएका थिए ।

    समीक्षा कार्यक्रममा कार्यालयका खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले कार्यालयले गत आव ०८२।०८३ मा गरेका काम, भएको उपलब्धि एवं प्रगति र देखिएका चुनौति तथा समस्या समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend