images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र...

इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण

इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण

images
images
शनिवार, श्रावण ९ २०८३
शनिवार, श्रावण ९ २०८३
  • चितवन, ९ साउन । इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) बितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा बितरण गरेका छन् ।

    images
    images

    सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनिपत्र पाउने बताएका छन् । उनले ५०० दिनभित्र लालपूर्जा बितरण गरी सक्ने बताएका छन् । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताएका छन् ।सुकुम्बासीका लागि लालपूर्जा बितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।

    कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहनु भएका  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रकृया पुगेकालाई तत्काल लालपूर्जा बितरण गरिने र प्रकृया नपुगेकाको प्रकृया पुरा गर्न लाग्ने बताएका छन् । सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताएका छन् । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ छ ।  

    images
    images

    गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्ले आज जग्गा धनि प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुम्बासी रहेको बताएका छन् । सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनि बाहिर भएकाले उनीहरु आएपछि लालपूर्जा बितरण गरिने बताएका छन् । गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुम्बासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् । 

    सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सातवटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend