images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड...

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • विराटनगर, ८ साउन । कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२।८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ ।

    images
    images

    जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई रु एक अर्ब सात करोड २७ लाख र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई रु ६१ करोड ९२ लाख प्रवाह गरेको छ । सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रिया अनुदानतर्फ ५६ जनालाई रु २२ लाख ४० हजार, औषधोपचार खर्चवापत ६९ जनालाई रु ११ लाख १२ हजार ३०५, सुत्केरी तथा शिशु स्याहार योजना खर्चवापत एक हजार ६५६ जनालाई रु एक करोड २४ लाख २० हजार र विशेष आर्थिक सुविधा (कल्याणकारी) तर्फ तीन जनालाई रु चार लाख ५० हजार वितरण गरिएको कार्यालय प्रमुख रुकमणि ठकुरीले जानकारी दिए ।

    प्रमुख ठकुरीका अनुसार घर सापटीतर्फ धितोमा आधारित सापटी १६५ जनालाई रु ४४ करोड ५५ लाख रकम प्रवाह भएको छ । सुनसरी र मोरङ कार्य क्षेत्र रहेको सो शाखाले चालु आर्थिक वर्षदेखि खोटाङ र ओखलुढुङ्गा क्षेत्र विस्तार गरी सोलुखुम्बूलाई कर्जा क्षेत्र विस्तारका लागि कार्यालयबाट सिफारिस भएको उनले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend