images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • बाल मन्दिरको सम्पत्ति हिनामिनामा ८...

बाल मन्दिरको सम्पत्ति हिनामिनामा ८ जनाविरुद्ध ठगी मुद्दा दायर

बाल मन्दिरको सम्पत्ति हिनामिनामा ८ जनाविरुद्ध ठगी मुद्दा दायर

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोगपत्र दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।मुद्दा दायर गरिएकाहरूमा बाल मन्दिरका तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ महानगरपालिका वडा नं. ११ की सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य रहेका छन् । यी तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसैगरी फरार रहेका युरी कुमारी राई तत्कालीन सभापति, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ ।

    images
    images

    यस प्रकरणमा मुख्य भूमिका देखिएकी संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रिता सिंह वैद्यको भने मृत्यु भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन । उच्च स्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा मुद्दा दर्ता गरेको हो ।सीआइबीको अनुसन्धान प्रतिवेदन अनुसार तत्कालीन अध्यक्ष रिता सिंहले नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा बिना कुनै सार्वजनिक सूचना र प्रतिस्पर्धा मनोजकुमार मिश्रलाई भाडामा दिने सम्झौता गरी ७५ लाख रुपैयाँ नगदै बुझेको भेटिएको छ । साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तहरूले आफ्नो उपचार, परिवारको किरिया खर्च र व्यक्तिगत सवारी साधन खरिदमा रकम प्रयोग गरेको पाइएको छ ।गाडी खरिद घोटालामा राजेन्द्रकुमार श्रेष्ठले आफ्नो नाममा गाडी किनेर त्यसको किस्ता बाल मन्दिरको कोषबाट तिरेको र सो गाडी तत्कालीन सभापति भगवान शाक्यले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend