images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • काठमाडौँमा एक वर्षमा २५ सय २८...

काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना

काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । काठमाडौँमा एक वर्षमा २५ सय ८२ वटा विरोध प्रदर्शन भएका छन्। २०८२ साउनदेखि २०८३ असार मसान्त सम्ममा २५ सय ८२ वटा विरोध प्रदर्शनका घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले त्यसबारे जानकारी दिएका हुन् । त्यसमा विरोध, र्‍याली र जुलुस भएका थिए। 

    images
    images

    प्रदर्शन नियन्त्रणमा लिन ३९ हजार ८५४ प्रहरी परिचालन गरिएको थियो । विरोध प्रदर्शन, चाडपर्व सुरक्षा, जात्राहरू र मेगा इभेन्टको सुरक्षामा प्रहरी परिचालन गरिएको एसपी भट्टराईले बताए। १ लाख ८२ हजार ६६४ जना सेवाग्राहीले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका युनिटबाट सेवा लिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend