काठमाडौँ। काठमाडौँमा लागुऔषधको मुद्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुई सयले बढेको छ । आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध कारोबारमा संलग्न १ हजार ७३ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। गत आवमा ६७० वटा लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।
लागुऔषध कारोबारमा पक्राउ पर्नेमा १ हजार १३ पुरुष र ६० जना महिला छन्। आर्थिक रूपमा सक्रिय हुनुपर्ने जनशक्तिलाई बिगार्ने र नष्ट गर्ने लागुऔषध सम्बन्धी घटना निकै जोखिममा रहेको भट्टराईले बताए।उनले भने, ‘यो तथ्याङ्क अघिल्लो आर्थिक वर्ष भन्दा २ सयले बढी हो ।’




.gif)



