images

२०८३ आश्विन २८ गते

images
images
images

कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा

कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यस सेवाको सुरुवातसँगै नेपालको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।रेल्वे कार्गो सञ्चालनमा आएसँगै व्यापार लागत घट्ने, ढुवानी प्रक्रिया थप सुरक्षित र भरपर्दो हुने तथा आयातित वस्तुहरू कम समयमै गन्तव्यसम्म आइपुग्ने उनले जानकारी दिए।

    images
    images

    कार्गो सेवा सञ्चालनबारे बोल्दै प्रवक्ता क्षेत्रीले भने, ‘नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान भारतीय भूमि हुँदै नेपालको सीमासम्म ढुवानी गर्ने उद्देश्यले कोलकाता–विराटनगर रेलवे कार्गो सेवा २०८३ साउन १ गतेदेखि सञ्चालनमा आएको छ।’यसअघि सडक मार्गबाट ढुवानी गर्दा नेपाली आयातकर्ताहरूले व्यहोर्नुपरेको विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार अब उल्लेख्य रूपमा कम हुने मन्त्रालयको ठहर छव्यापार सहजीकरणबारे स्पष्ट पार्दै उनले थपे, ‘यस सेवा सञ्चालनमा आएपछि व्यापार लागत घट्ने, ढुवानी थप सुरक्षित, भरपर्दो र छिटो हुने अपेक्षा गरिएको छ। साथै, ढुवानीका क्रममा नेपाली आयातकर्ताले बेहोर्दै आएको विलम्ब शुल्क, कन्टेनर डिटेन्सन शुल्क तथा सडक ढुवानीसम्बन्धी अतिरिक्त खर्चमा कमी आउनेछ।’यस प्रक्रियाले समग्र व्यापार पारवहन लागत न्यूनीकरण गर्दै व्यापार सहजीकरणमा ठोस मद्दत पुग्ने र नेपाली उद्योगीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा परराष्ट्र मन्त्रालयले लिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend