images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि...

आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्‍याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल

आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्‍याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । राजनीतिशास्त्रका प्राध्यापक एवं नागरिक समाजका अगुवा कृष्ण खनालले नेपाली कांग्रेसले बीपी कोइरालालाई केवल आस्थाको प्रतीक मात्र बनाएको तर उनका विचारलाई व्यवहारमा उतार्न नसकेको टिप्पणी गरेका छन् ।बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभामा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै प्रा. खनालले कांग्रेसको वर्तमान अवस्था र नेतृत्वको कार्यशैलीप्रति तिखो आलोचना गरे । खनालले बीपी कोइराला कांग्रेसको मात्र नभई देशकै पुँजी भएको बताए । ‘नेपालमा लोकतन्त्रको सुरुवातकर्ता बीपी नै हुनुहुन्छ, तर आज ४४ वर्ष बितिसक्दा कांग्रेसभित्रै बीपी को हुन् भन्ने नचिन्नु नयाँ पुस्ता हुन सक्छ,’ उनले भने, ‘त्यो पुस्तालाई बीपीको विचार र योगदानसँग जोड्नु अहिलेको मुख्य चुनौती हो ।’ उनले पार्टी केवल घोषणा र नीतिले मात्र नचल्ने भन्दै यसलाई सबै क्षेत्र, जातजाति, वर्ग र नयाँ पुस्तासँग जोड्नुपर्ने बताए । 

    images
    images

    बीपीले आफ्नो जीवनकालमा राजनीतिक अभ्यास गर्ने समय कमै पाएको स्मरण गर्दै प्रा। खनालले अहिलेको कांग्रेसले आस्थालाई अभ्यासमा परिणत गर्न नसकेको बताए । ‘कांग्रेस पछि पर्नुको मुख्य कारण आस्थालाई अभ्यासमा ढाल्न नसक्नु हो । अहिले आस्था कता कता गौण भएको छ, जसले गर्दा समस्या चुलिएको छ,’ उनले भने । प्रा. खनालले बीपीले परिकल्पना गरेअनुसार राजनीति सुध्रिएको भए अहिलेको जेनजी आन्दोलन आवश्यक नपर्ने र गत प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले यस्तो परिणाम भोग्नु नपर्ने तर्क गरे । कांग्रेसभित्र म नभए पार्टी चल्दैन भन्ने भ्रम व्याप्त रहेको भन्दै उनले कडा आलोचना गरे । ‘कांग्रेसका संस्थापक बीपी आफैँले निर्विकल्पताविरुद्ध लड्नुभएको थियो, तर अहिले कोही पनि निर्विकल्प छैनन् । न गगन थापा, न विश्वप्रकाश शर्मा, न अरू कोही,’  खनालले भने, ‘जीवनभर नेतृत्व ओगटिरहने प्रवृत्तिका कारण कांग्रेस पछि परेको हो ।’ 

    कांग्रेसले आफ्नो मतको भण्डार बढाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रा. खनालले पार्टीलाई जनताको मुद्दामा जोड्न आवश्यक रहेको बताए । उनले अहिलेको राजनीतिमा उपयोगितावादी चरित्र बढेको भन्दै नेताहरूले फाइदा हुँदासम्म बोक्ने र बेफाइदा हुनासाथ विचार त्याग्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे ।व्यक्तिगत लेनदेनका आधारमा पार्टी रोज्ने क्रम रोक्न र समाजमा आएको नयाँ चेतनालाई पार्टीको संरचनाभित्र समाहित गर्न कांग्रेस नेतृत्वलाई उनले आग्रह गरे । कांग्रेसको नेतृत्व अब प्रतिस्पर्धात्मक र उत्तरदायी बन्नुको विकल्प नभएको उनको निष्कर्ष थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend