images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका...

प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस

प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ विभिन्न पदमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह इन्जिनियरिङ उपसमूहको सञ्चारतर्फ ३ जनालाई डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा ईं.अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना र अभयकुमार झा छन् ।सञ्चारतर्फकै ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । सिफारिस हुनेमा ईं निशा चौधरी, ईं सन्जिप दाहाल र ईं रमेशकुमार शाह छन् ।

    images
    images

    न्जिनियरिङ उप समूहको सवारीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक मिनप्रसाद खत्रीलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । प्राविधिक समूह इन्जिनियरिङ उपसमूह मेकानिकल तर्फ ईं अञ्जनराज खरेललाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस गरिएको छ । इन्जिनियरिङ उप समूहको सवारीतर्फका डीएसपी अनुप श्रेष्ठलाई एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend