images

२०८३ आश्विन २८ गते

images
images
images

मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट

मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • जनकपुरधाम। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक हजार १८७ वटा गुनासो मेलमिलाप विधिबाट फर्छ्यौट भएको छ।कूल दर्ता भएका पाँच हजार २५७ अभियोगमध्ये छलफल विधिबाट पीडितको पक्षमा सुनुवाइ भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले सहमति नभएका ९३ मुद्दा अदालतमा पञ्जीकरण गरिएको जानकारी दिए ।

    images
    images

    छानबिनपछि सहमतिमा रु ३० करोड ८२ लाख ३७ हजार ९२ र २७ बिघा आठ कठ्ठा १८ धुर जग्गा फिर्ता भएको छ। थोरै रकम दिएको तर, धेरै रकमको कपाली तमसुक गरिएकाले दोब्बर तेब्बरसम्म चेक धितो राख्ने प्रवृत्ति रहेको छानबिनका क्रममा भेटिएको बताइन्छ।जनशक्तिको कमीले पहिले दर्ता भएका गुनासो टुङ्गो नलागेकाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीमा कारबाही प्रक्रिया अघि नबढेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend