images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत...

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

    images
    images

    लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ । सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend