images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • ‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक...

‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार

‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • अर्घाखाँची । बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो ।तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ ।

    images
    images

    बाँदर हेरालुमा नियुक्त हुनका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने प्रावधान राखिएको छ ।सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट भएका हेरालुहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् ।नियुक्त भएका हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी वडा तथा वन कार्यालयमा जानकारी गराउनुपर्नेछ । मुख्य कुरा, बाँदरलाई कुनै क्षति नपुर्‍याई वातावरणीय मैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउनु उनीहरूको मुख्य जिम्मेवारी हुनेछ ।752698817_2135051007430586_7691442835436826162_n

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend