images

२०८३ आश्विन २८ गते

images
images
images

'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता

'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । फिल्म ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रूपमा देखिने भएकी छन् । निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्ममा उनलाई अनुबन्धित गरेका हुन् । यो फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायाङ्कनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरूको लाइनअप पुरा भएको छ ।कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको फिल्म हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले अनुबन्धित गरेका हौँ ।

    images
    images

    ’फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई सुमन गजमेरले लेखेका हुन् ।कविताले यसअघि फिल्म ‘एक्लो’मा काम गरिसकेकी छिन् । जसमा रहेको उनको एक्सनलाई दर्शकले रुचाएका थिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend