images

२०८३ आश्विन १९ गते

images
images
images

कमला नदीमा अस्याथी पुल निर्माण

कमला नदीमा अस्याथी पुल निर्माण

images
images
शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ । कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण  गरेको हो ।

    images
    images

    नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने रु २० शुल्क लिने गरिएको सिरहा–६ का  वडाध्यक्ष इन्द्रजीत यादवले बताए । सिरहा नगरपालिकाले पुलको दुवै तर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगत रुपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजश्वज सङ्कलन गर्ने उनले बताए।

    “सङ्कलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ”, वडाध्यक्ष यादवले बताए। हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ । 

    images
    images

    यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भाँसिएको थियो । त्यस यता उक्त पुल पुनःनिर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend