images

२०८३ कार्तिक ४ गते

images
images
images

नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

images
images
शुक्रवार, कार्तिक १६ २०८१
शुक्रवार, कार्तिक १६ २०८१
  • पर्वतः कात्तिक १६ गते । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरी पछि सहकारीका कोषाध्यक्ष दीर्घ नारायण शर्मा पक्राउ परेका छन् । 

    images
    images

    तीन जना विरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरी नारायण श्रेष्ठ र व्यवस्थापक अनिल बहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । 

    सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्ष भित्र मिलाउन समय दिएको थियो । 

    images
    images

    सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन्। कृत्रिम खाता मार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक तथा सञ्चालकले हिनामिना गरेका हुन् । व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरी नारायण श्रेष्ठ केही दिन अघि देखि फरार भएका हुन्। 

    प्रहरी नायब उपरीक्षक विष्टले अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्ने तयारी भएको बताउनु भयो । विसं २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालमा आएको सहकारी डुबे पछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन् । सहकारी संस्थामा आर्थिक हिनामिना भएको सुनेका गाउँलेले चिनेजानेकै गाउँकै मान्छेले खोलेको सहकारी डुब्ला भन्ने अनुमान समेत नगरेको स्थानीय बचत कर्ता विष्णु कुमारी क्षेत्रीले बताउनु भयो ।  

    यो सहकारीले पर्वतको कार्किनेटा, थापाठाना, शङ्कर पोखरी खौला र ठूली पोखरीलाई कार्यक्षेत्र बनाएको थियो । कार्की नेटाकै तारा कार्कीले सानो चिया पसल चलाएर रु आठ लाख जमा गरेकामा अहिले दिनको भोक र रातको निन्द्रा हराएको बताउनु भयो।  

    फलेवास–१ का वडाध्यक्ष चोलाकान्त पाध्याले संस्थामा पैसा डुब्यो भनेर आएपछि सञ्चालकलाई राखेर सहजीकरण गर्ने प्रयास गरेको जनाउँदै बचत कर्ताको रकम जसरी पनि फिर्ता हुनुपर्ने बताउनुभयो । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend