images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र...

साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने

साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/२०८४ देखि दूध सङ्कलन कार्यलाई थप व्यवस्थित, प्रविधिमैत्री  बनाउने  भन्दै नयाँ नीति अघि सारेको छ । संस्थानले आफूसँग नियमित रूपमा दूधको कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई आगामी २०८३ साल साउन मसान्तभित्र सम्पर्क राख्न अनुरोध गरेको हो ।

    images
    images

    लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयद्वारा जारी सूचना अनुसार संस्थानसँग निरन्तर दूधको कारोबार गर्न चाहने सहकारी र निजी फार्महरूले २०८३ साल साउन मसान्तभित्र आ–आफ्नो पायक पर्ने संस्थानका आयोजना, चिस्यान केन्द्र  तोकिएको सम्पर्क ठेगानामा सम्पर्क गरिसक्नुपर्नेछ ।संस्थानले तोकिएको समय सीमा भित्र सम्पर्कमा नआउने सहकारी वा फार्महरूबाट आगामी दिनमा दूध खरिद वा कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा समेत स्पष्ट पारेको छ । विगत ५७ वर्षदेखि डीडीसीले सहकारी संस्था, निजी फार्म तथा दुग्ध उत्पादक कृषकहरूबाट दूध सङ्कलन गर्दै आइरहेको  छ।

    749022581_1345585997097365_1360766859125506480_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend