images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • ६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको...

६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा

६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौँ। इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्ली राज खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

    images
    images

    अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो । खड्कालाई दमक नगरपालिका–१ स्थित  खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend