images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च...

सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत

सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • जुम्ला, ३१ असार । सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको ९३ प्रतिशत खर्च गरेको छ ।

    images
    images

    मङ्गलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख टोपबहादुर बुढाले चालुतर्फको कुल बजेटको ८३ प्रतिशत र सङ्घीय ससर्त अनुदानतर्फको कुल विनियोजित बजेटको ७३ प्रतिशत खर्च भएको जानकारी दिए ।

    उनका अनुसार कार्यालयको कुल बजेट रु १० करोड १८ लाख ४८ हजारमध्ये करिब रु नौ करोड तीन लाख खर्च भएको छ । समग्रमा करिब ९० प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले बताए ।

    images
    images

    भौतिक पूर्वाधार निर्माणतर्फ २० वटा विद्यालय भवनमध्ये १९ वटा निर्माण सम्पन्न भएका छन् ।  चालु आर्थिक वर्षमा ४३ वटा कक्षाकोठा निर्माण सम्पन्न भएका छन् । त्यस्तै, छ वटा घेराबार, दुई वटा पर्खाल तथा अन्य ३४ वटा विकास आयोजनामध्ये ३३ वटा सम्पन्न भएको कार्यालय प्रमुख बुढाले जानकारी दिए । 

    उच्च शिक्षातर्फ अपाङ्गता छात्रवृत्तिमा आठ, प्राविधिक छोरीबुहारी छात्रवृत्तिमा ३० र दलित छात्रवृत्तिमा पाँच गरी ४३ जना विद्यार्थी लाभान्वित भएको कार्यालयले जनाएको छ । 

    प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंले सहज सेवा प्रवाह र विकास निर्माणका काम जनताले प्रत्यक्ष महसुस गर्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताए । 

    जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend